साल्ट ट्रेडिङ कर्पोरेशनको बोनस शेयर हितग्राही खातामा जम्मा
१७ जेष्ठ २०७९, मंगलवार १३:३७

काठमााडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ ।
कम्पनीले गत चैत ३० गते सम्पन्न साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको डिम्याट खातामा पठाएको हो ।
उक्त शेयर सम्बन्धित शेयरधनीले अब धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछन् ।













