३५ अंकले घट्यो शेयरबजार, १२ उपसूचक राताम्य हुँदा निर्जिवन बीमा समूहको सर्वाधिक घट्यो

काठमाडौं । बजेट घोषणापछि शेयबजार बढ्न सक्ने लगानीकर्ताहरुको प्रक्ष्येपण माटोमा बिलाएको छ । पुँजीबजारको हत हित र संरक्षणका लागि बजेटले राहत दिन सक्ने लगानीकर्ताहरुको ठूलो आशा आशामा सीमित रहेको छ ।
जेठ १५ गते अर्थमन्त्री जनार्दशन शर्माले घोषणा गरेको बजेटमा खासै पुँजीबजार केन्द्रित नदेखिएको कारण शेयरबजार सोमबार र मंगलबार उच्च अंकले घट्न पुगेको हो । आज नेप्से परिसूचक ३५.५३ अंकले घटेर २१३७.९२ विन्दु तल झरेको छ ।
आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३७ लाख ६९ हजार ८१२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार ८९ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड समुह बाहेकका सबै सूचक राताम्य भएका छन् । सर्वाधिक निर्जिबन बीमा समुहको २३६ रुपैयाँ ४२ पैसाले घटेको छ भने म्युचुअल फण्ड समुहको ०.०७ रुपैयाँले बढ्न पुगेको हो ।













