विन नेपाल लघुवित्तको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला त कारोबार ?

१७ जेष्ठ २०७९, मंगलवार १६:३१

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ९.३३ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम १०८० रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमुल्य ९८७ रुपैयाँ ८३ पैसा कायम गरेको छ ।

सोही मूल्य अधारमा नै भोलि शेयरबजारमा सो कम्पनीको कारोबार खुल्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*