एनआइसी एशिया लघुवित्तको ५० हजार कित्ता शेयर आजदेखि लिलामीमा, प्रतिकित्ता ४२५ रुपैयाँ

१८ जेष्ठ २०७९, बुधबार १२:१२

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समुहको शेयर आजदेखि बिक्रीमा ल्याएको छ । लघुवित्तले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि.को स्वामित्वमा रहेको शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले प्रचलित नियमअनुसार यसअघि विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिने सूचना प्रकाशित गर्दै ५० हजार कित्ता शेयर खरिदका लागि आह्वान गरेकोमा सो अवधिभित्र कुनै पनि आवेदन प्राप्त नभएकोले अन्य जो कोही व्यक्ति तथ ंसंस्थाकाले लागि कम्पनीले आजदेखि शेयर लिलामीमार्फत विक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्नका लागि इच्छुक आवेदकले जेठ २५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य ४२५ रुपैयाँ तोकेको छ । यसअनुसार सो वा सो भन्दा बढी मुल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

साथै उक्त शेयर खरिदका लागि आवेदकले एनआइसी एशिया क्यापिटल लिमिटेड बबरमल, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र प्रस्ताव पेश गर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*