शेयरमूल्य ह्वात्तै घटेसँगै नेपाल इन्भेष्टमेन्ट बैंकमा लगानीकर्ता झुम्मिए, यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार

१८ जेष्ठ २०७९, बुधबार १५:०७

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकले गिरावट आएको छ । अघिल्लो दिन ३५ अंकले घटेको नेप्से परिसूचक आज ७.२१ अंकले घट्न पुगेको छ ।

बजेटपछियता शेयरबजारमा घट्ने क्रम रोकिएको छैन । लगानीकर्ताहरुले बजेटपछि शेयरबजारमा सुधार आउने प्रक्ष्येपण गरेपनि बजेटमा पुँजीबजारसँग सम्बन्धित खासै सम्बोधन नभएको कारण शेयरबजार त्यसयता प्रभावित बन्न पुगेको हो ।

आज नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३० लाख २० हजार ६७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७ करोड ८४ लाख ८४ हजार १८१ रुपैयाँको कारोबार भएको छ ।

नेप्से इन्डेक्स घटेसँगै शेयरको मात्रा र कारोबार संख्या दुवै घट्न पुगेको छ । केही शेयरविज्ञहरुले यो समय शेयर खरिद गर्ने समय हो भनेतापनि लगानीकर्ताहरुमा शेयर खरिद गर्ने पहिलेको जस्तो उत्साह देखिएको छैन ।

आज एक अर्बमाथिको कारोबार हुँदा सर्वाधिक नेपाल इन्भेष्टमेन्ट बैंकको भएको खरिदबिक्री भएको छ । बैंकको शेयरमूल्य कारोबारमा आएदेखि नै उच्च घट्न पुगेकाले लगानीकर्ताहरुले धमाधम शेयर किन्न थालेका हुन् । बैंकको आजमात्रै १२ करोड १३ लाख ७३ हजार ९ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिस्टिलरीको ४ करोड ६८ लाख, शिखर इन्स्योरेन्सको ३ करोड ७८ लाख, एनआइसी एशिया बैंकको ३ करोड २० लाख रुपैयाँ र अरुण काबेली पावरको २ करोड ८८ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*