सात अंकले घट्यो नेप्से, वित्त कम्पनी र हाईड्रोबाहेक सबै राताम्मे
१८ जेष्ठ २०७९, बुधबार १५:०८

काठमाडौं । बुधबार नेप्सेमा शेयर मूल्य सामान्य अंकले घटेको छ भने कारोबार एक अर्ब नाघेको छ ।
कुनै समय दैनिक २२ अर्बसम्म कारोबार पुगेको नेप्सेमा आज जम्मा एक अर्ब सात करोड ८४ लाख ८४ हजार ८२ रुपैयाँको कारोबार भएको छ । कूल ३० लाख २० हजार ६७ कित्ता शेयर कारोबार हुँदा समग्र बजार सूचांक ७.२१ अंकले घटेर २१३०.७१ मा सीमित हुन पुगेको छ ।
आज हाईड्रोपावर, फाइनान्स कम्पनी र विकास बैंक समुहको मूल्य केही बढेपनि अन्य सबै सूचांकहरु राताम्मे हुन पुगेका छन् । जसबाट शेयर बजारमा निराशा छाउन पुगेको छ ।
बजेट आएदेखि नै शेयर बजार लगातार घटिरहेको छ । सरकारले लगानीकर्तालाई आकिर्षत गर्न नयाँ नीति ल्याउन नसकेपछि शेयर बजारमा लगातार घट्ने क्रममा रहेको छ ।













