लाभांश नदिने घोषणासँगै शिखर इन्स्योरेन्सको शेयरमा नकारात्मक सर्किट, आज यी कम्पनीको शेयरमूल्य घट्यो

१८ जेष्ठ २०७९, बुधबार १५:१६

काठमाडौं । साताको चौथो दिन शेयरबजार ७.२१ अंकले घट्न पुगेको छ । निर्वाचनपछि लगातार उच्च अंकले घटेको शेयरबजारमा आज थोरै सुधार देखिएको हो । नेप्से इन्डेक्स भने २१३० को विन्दुमा झरेको छ ।

बजेटपछियता शेयरबजार ओरालो लाग्ने क्रम रोकिएको छैन । लगानीकर्ताहरुले बजेटपछि शेयरबजारमा सुधार आउने प्रक्ष्येपण गरेपनि बजेटमा पुँजीबजारसँग सम्बन्धित खासै सम्बोधन नभएको कारण शेयरबजार त्यसयता प्रभावित बन्न पुगेको हो ।

आज नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३० लाख २० हजार ६७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७ करोड ८४ लाख ८४ हजार १८१ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा झिनो अंकको गिरावट आएपनि केही कम्पनीको शेयरमूल्य उच्च घट्न पुगेको छ । आज शिखर इन्स्योरेन्सको शेयरमा नकारात्मक सर्किट लागेको छ । कम्पनीले गत आवको मुनाफाबा शेयरधनीहरुलाई लाभांश नदिने आज घोषणा गरेसँगै लगानीकर्ताहरुले धमाधम शेयर बेच्न लागेका हुन् । यसकारण आज कम्पनीको शेयरमूल्यमा नेगेटिभ सर्किट हानेको हो ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको ७.२५ प्रतिशत, गुराँस लघुवित्तको ७.०१ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ६.८० प्रतिशत र मानुषी लघुवित्तको ४.७२ प्रतिशतले शेयर घट्न पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*