दुई हाइड्रोपावरको शेयरमा सर्किट, आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । अघिल्लो दिन ३५ अंकले घटेको शेयरबजारमा आज केही सुधार देखिएको हो ।
आज नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३० लाख २० हजार ६७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७ करोड ८४ लाख ८४ हजार १८१ रुपैयाँको कारोबार भएको छ ।
नेप्से घटेसँगै कारोबार समते खस्किदै गइरहेको छ । गत वर्षको साउनमा २१ अर्बसम्मको कारोबार हुने शेयरबजारमा पछिल्लो समय २।३ अर्बमा काराबोर खुम्चिन पुगेको छ ।
आज ७ अंकले शेयरबजार घटेपनि केही कम्पनीको शेयरमूल्य भने बढ्न पुगेको छ । आज सर्वाधिक कमाउने कम्पनीमा मैलुङ खोला हाइड्रोपावर रहेको छ । कम्पनीको शेयरमूल्यमा आज १० प्रतिशत बढोत्तरी भएर सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, बलेफी हाइड्रोपावरको ९.९४ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ४.२९ प्रतिशत, उपकार लघुवित्तको ४.०४ प्रतिशत र माउन्टेन इनर्जीको ३.८३ प्रतिशतले शेयरमूल्य बढ्न पुगेको छ ।














