एनआइबिएल सहभागिता फण्डको आकार दोब्बर बृद्धि
२० जेष्ठ २०७९, शुक्रबार ११:५४

काठमाडौं । एनआइबिएल सहभागिता फण्डको आकार बृद्धि गरिएको छ । एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित उक्त योजनाको आकार ५ करोड इकाईबाट १० करोड इकाईमा बृद्धि गरिएको हो ।
उक्त खुलामुखी योजनाको आकार यस अघि स्वीकृत विवरण पुस्तिकामा उल्लेखित आकार ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई रहेकोमा जेठ १७ गतेदेखि लागूहुनेगरी नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त भएबमोजिम सो आकार बृद्धि गरी १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई कायम गरिएको हो ।
उक्त योजनाको इकाईहरुको कारोबार अब योजना व्यवस्थापक एनआइबिएल एस क्यापिटलको सम्पूर्ण शाखा कार्यालयहरु, तोकिएको वितरकका कार्यालयहरु र धितोपत्र दोस्रो बजार नेप्सेद्धारा गर्न सकिनेछ ।













