एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, शुक्रबार यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
२० जेष्ठ २०७९, शुक्रबार १५:१५

काठमाडौं । शुक्रबार शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स घटेर २०७८ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३८ लाख ४८ हजार ५०८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३० करोड ७३ लाख ५९० हजार ५४० रुपैयाँको कारोबार भएको छ ।
शेयरबजार घटेसँगै कारोबारको रकम समेत घट्न पुगेको छ । आज १ अर्बमाथिको कारोबार हुँदा सर्वाधिक एनआइसी एशिया बैंकको खरिदबिक्री भएको छ । बैंकको आज एकैदिन ६ करोड २३ लाख ५५ हजार ६८८ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको ४ करोड २ लाख, हिमालयन डिस्टिलरीको ३ करोड ८४ लाख, अपि पावरको ३ करोड ७१ लाख रुपैयाँ र नबिल बैंकको ३ करोड ६६ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।














