किसान लघुवित्त सहित आज यी कम्पनीको शेयरमूल्य घट्यो

काठमाडौं । शुक्रबार नेप्से परिसूचक ३३ अंकले घटेर २०७८ को विन्दुमा झरेको छ । बजेटयता बजार बढ्ने प्रक्ष्येपण गरिएतापनि त्यसयता शेयरबजार झनै प्रभावित बन्दै गइरहेको छ ।
नेप्से घटेसँगै शेयरको मात्रा र कारोबार रकम समेत खुम्चिन पुगेको छ । लगातीकर्ताहरु यो समयमा शेयर खरिद गर्न समेत डराईरहेका छन् ।
आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३८ लाख ४८ हजार ५०८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३० करोड ७३ लाख ५९० हजार ५४० रुपैयाँको कारोबार भएको छ ।
धेरैजसो आज बीमा कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज सबैभन्दा जीवन बीमा समूहको २३६.६५ रुपैयाँ र निर्जिबन बीमा समुहको १६७.१५ रुपैयाँले घट्न पुगेको छ ।
आज शेयरबजार दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दा किसान लघुवित्तका शेयरधनीले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयरमूल्य आज ८.९५ प्रतिशतले घट्न पुगेको छ ।
त्यस्तै, उन्नती सहकार्य लघुवित्तको ४.६५ प्रतिशत, प्रोगेसिभ फाइनान्सको ४.६० प्रतिशत, लिबर्टी इनर्जीको ४.४४ प्रतिशत र एशियन लाइफ इन्स्योरेन्सको ४.३१ प्रतिशतले घट्न पुगेको छ ।














