सयपत्रि र मन्दाकिनी हाइड्रोपावरलाई आइपीओ निष्काशन गर्न बोर्डको अनुमति

२० जेष्ठ २०७९, शुक्रबार १८:०४

काठमाडौं । दुई हाइड्रोपावर कम्पनीले साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाएको छ । सयपत्रि हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरलाई आइपीओ जारी गर्न बोर्डले जेठ १८ गते अनुमति दिएको हो ।

स्वीकृतिपश्चात अब सयपत्रि हाइड्रोपावरले अंकित मूल्य १०० रुपैयाँका दरले ९ लाख कित्ता आइपीओ आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र सर्वसाधारणका लागि जारी गर्नेछ ।

त्यस्तै, मन्दाकिनी हाइड्रोपावरले अंकित मूल्य १०० रुपैयाँका दरले १७ लाख ६४ हजार ११० कित्ता आइपीओ निष्काशन गर्नेछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि निष्काशन गरेपछि सर्वसाधारणसमा आइपीओ जारी गर्नेछ ।

सयपत्रि हाइड्रोपावरले साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड र मन्दाकिनी हाइड्रोपावरले बिओके क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*