रातो मछिन्द्रनाथको भोटो देखाउने अवसरमा सार्वजनिक बिदा
२० जेष्ठ २०७९, शुक्रबार १७:४९

काठमाडौं। शनिबार देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । रातो मछिन्द्रनाथको भोटो देखाउने अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको तथा जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा रहेकोले छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा उक्त भोटो देखाइने छ । रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको विशिष्ट सांस्कृतिक पर्वको रुपमा रहेको छ ।













