सार्वजनिक विदामा सरकारी सवारी चलाउन पास अनिवार्य लिनुपर्ने

२२ जेष्ठ २०७९, आईतवार ११:०३

काठमाडौं । सार्वजनिक विदाको दिनमा सरकारी सवारी साधन चलाउन अब पास अनिवार्य लिनुपर्ने भएको छ ।

सरकारले परिक्षणका लागि जेठदेखि लागूहुनेगरी आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको थियो । विदाका दिनमा सरकारीसवारीसाधनहरु हिडडुल गरेको पाइएकाले गृह मन्त्रालयले अनुमति लिएर मात्रै सवारी चलाउन निर्देशन दिएको हो ।

सरकारले इन्धनको खपत कम गर्न जेठदेखि हप्तामा दुई दिन सार्वजनिक विदा गर्ने निर्णय गरेको थियो । यसैबीच सरकारले इन्धन जोगाउन सरकारी कर्मचारी र मन्त्रीले पाउने इन्धन सुविधा पनि कटौती गरेको छ ।

केन्द्र स्तरको हकमा सवारी पास लिनका लागि मन्त्रालय आयोग प्रतिष्ठान वा अन्य निकायको हकमा सम्बन्धित निकायले सचिवले पास जारी गर्नेछन् भने प्रदेशस्तरमा प्रदेश सरकारका सचिवस्तरको निर्णयबाट माग गरी प्रमुख सचिवले संलग्न ढाँचाबमोजिम जारी गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*