सानिमा बैंकले संस्थापक शेयरधनीको २५ लाख कित्ता शेयर बेच्ने, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक समुहको शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनी निरजगोविन्द श्रेष्ठले आफ्नो नाममा रहेको २५ लाख कित्ता संस्थापक शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो ।
प्रचलित नियमअनुसार उक्त शेयर प्रथम चरणमा संस्थाका संस्थापक शेयधरनीलाई नै बिक्री गर्नुपर्ने भएकोले उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय अल्कापुरी नक्साल काठमाडौंमा दरखास्त दिन सक्नेछन् ।
साथै सोही अवधिभित्र शेयरधनीबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य जो कोही व्यक्ति तथास ंसंघसंस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।













