शान्ति समाजद्वारा एक दर्जन जिल्लामा वृक्षारोपण

२२ जेष्ठ २०७९, आईतवार १५:४९

काठमाडौं । ५० औँ विश्व वातावरण दिवस ५ जुनका अवसरमा मानव अधिकार तथा शान्ति समाजले एक दर्जन जिल्लामा वृक्षारोपणसहित विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

जेठ २२ गते शान्ति समाज काठमाण्डौ शाखाद्वारा ’मेरो फोहोर मेरो जिम्मेवारी’ भन्ने मूल नारासहित जोरपाटीमा आयोजित विशेष चेतनामुलक कार्यक्रममा शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल, शान्ति समाजका महासचिव रामकृष्ण बराल, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसैगरी जेठ २२ गते बिहान शान्ति समाजका शाखाहरुको आयोजनामा संखुवासभाको खाँदवारी, सुनसरीको धरान, रुपन्देहीको वुटवल, दाङको तुलसीपुर, चितवनको भरतपुर, मोरङको विराटनगर, महोत्तरीको जलेश्वर, पाल्पाको तानसेन, पर्साको विरगञ्ज, काठमाण्डौको गोठाटारमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

यसैगरी विभिन्न निकायसंगको सहकार्यमा सुर्खेत र ललितपुर शाखाले पनि वृक्षारोपण कार्यक्रम गरेका थिए ।

वातावरण संरक्षणको क्षेत्रमा सकारात्मक कदम चाल्ने आवश्यकताप्रति विश्वव्यापी रुपमा जनचेतना फैलाउँदै संयुक्त राष्ट्रसंघको आह्वानमा ५ जुनलाई विश्व वातावरण दिवसका रुपमा मनाइन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*