हिमालयन बैंकको शेयरमा नकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ताहरुले आज सर्वाधिक गुमाए

२४ जेष्ठ २०७९, मंगलवार १५:३५

काठमाडौं । आज शेयरबजारमा ४५ अंकले घट्न पुगेको छ । बजेट घोषणापछि शेयरबजार बढ्ने आँकलन गरेका लगानीकर्ताहरु पछिल्लो केही दिनयता झनै निराश बन्न पुगेका छन् ।

पुँजीबजारको अवस्था झनै खस्किँदै गएको अवस्थामा यस्को सुधारका निमित्त केही दिनयता लगानीकर्ताहरु खटिइरहेका छन् । तर ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भनेजस्तै पुँजीबजार सुधारको लागि सरकारले गहकिलो नीति कार्यान्वय गर्न नसक्दा पुँजीबजारको अवस्था खस्किँदै गएको हो ।

आज पनि शेयरबजारमा ४५ अंकको गिरावट आएर २०२० को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २३४ कम्पनीको ३८ लाख ८७ हजार ७४८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड २८ लाख ६ हजार ५६२ रुपैयाँको कारोबार भएको छ ।

केही सीमित कम्पनीहरुको मात्रै शेयरमूल्य बढेको छ भने धेरैजसो कम्पनीहरुको शेयर घटेको छ । नेप्सेमा रहेका १३ उपसूचक नै राताम्य हुँदा आज सर्वाधिक हिमालयन बैंकका शेयरधनीहरुले सर्वाधिक गुमाएका छन् ।

बैंकको शेयर फुकुवा हिजोमात्रै भएको हो । शेयर कारोबारमा आएसँगै दुई दिन नै नकारात्मक सर्किट लागेको छ । आज कम्पनीको शेयरमूल्य ९.९७ प्रतिशतले घटेर ३२३ रुपैयाँमा सीमित हुन पुगेको छ ।

त्यस्तै, सर्पोट माइक्रोफाइनान्सको ५.९९ प्रतिशत, समता घरेलु लघुवित्तको ५.६३ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्तको ५.५१ प्रतिशत र एनएमबि ५० को ५.५१ प्रतिशतले घट्न पुगेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*