नेपाल ल्यूब आयलद्धारा शेयर रजिष्ट्रार नियुक्त
२६ जेष्ठ २०७९, बिहीबार ११:३४

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुूक्त गरेको छ ।
नेपाल ल्यूब आयलकासंचालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिकगरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि एनआइबिएल एस क्यापिटललाई नियुक्त गरेको हो ।
सोही अनुसार अब एनआइबिएल एस क्यापिटलले नेपाल ल्यूब आयलको सम्पूर्ण शेयर सम्बन्धी कार्य जेठ २६ गते बिहिबारदेखि गर्नेछ ।













