रसुवागढी हाइड्रोपावरले साढे ६८ लाख कित्ता आइपीओ जारी गर्ने, बोर्डबाट पायो अनुमति

१ असार २०७९, बुधबार १२:५३

काठमाडौं । रसुवागढी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशनको लागि धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएकोमा बोर्डले सो कम्पनीलाई आइपीओ जारी गर्न अनुमति दिएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि अंकित मूल्य १०० रुपैैयाँका दरले ६८ लाख ४२ हजार १०० कित्ता आइपीओ निष्काशन तथा बिक्री गर्न अनुमति पाएको हो ।

अनुमति पश्चात कम्पनीले अब आइपीओ निष्काशनको मिति तोक्नेछ । कम्पनीले यसअघि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*