नेप्से झिनो अंकले घट्दा ७३ करोडको मात्रै कारोबार, हाइड्रोपावर र निर्जिबन बीमा समूहको शेयर सर्वाधिक घट्यो

३ असार २०७९, शुक्रबार १३:२०

काठमाडौं । शुक्रबार नेप्से परिसूचक ७.५७ अंकले घटेर १९७१ विन्दुमा कायम भएको छ । सरकारले शुक्रबार पनि २ घण्टा शेयरबजार खोल्ने निर्णय गरेसँगै आज शेयरबजारमा १ अर्बको समेत काराबोर हुन सकेन ।

लगानीकर्ताको मागलाई सम्बोधन गर्दैै धितोपत्र बोर्डले आइतबारदेखि शुक्रबारसम्म शेयरबजार संचालन गर्ने निर्णय गरेको थियो ।

आइतबारदेखि बिहिबार ११ बजेदेखि ३ बजेसम्म र शुक्रबार ११ बजेदेखि १ बजेसम्म मात्रै शेयरबजार खोल्ने निर्णय गरेको थियो । शुक्रबारको टाइम ल्याप्सका कारण पनि जम्मा ७३ करोडको मात्रै कारोबार हुन पुगेको हो ।

बिहिबार सामान्य सुधार देखिएको पुँजीबजार आज शुन्य दशमलव ३८ प्रतिशतले घट्न पुगेको हो । नेप्सेमा सूचीकृत २२० कम्पनीको २३ लाख ५५ हजार १ कित्ता शेयर किनबेच हुँदा ७३ करोड ६३ लाख १२ हजार १५७ रुपैयाँको कारोबार भएको छ ।

पुँजीबजारमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड सूचक बाहेकका सबै सूचक राताम्य भएका छन् । सर्वाधिक हाइड्रोपावर समूहको शेयर घट्न पुगेको छ । सो सूचक आज १८.५८ रुपैयाँले घट्न पुगेको छ । त्यस्तै, विकास बैंक समूहको १४.२१ रुपैयाँले घट्दा निर्जिबन बीमा समूहको १८.५८ रुपैयाँले घट्न पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*