नेष्डो समृद्ध लघुवित्तले डाक्यो तेस्रो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार ९ गते बसेको संचालक समितिको बैठकले सभा असार ३१ गते बस्ने निर्णय गरेको हो ।
उक्त बैठकको निर्णयअनुसार सभा असार ३१ कम्पनीको केन्द्रीय कार्यालय कुश्मा, पर्वतमा दिउँसो १ बजे बस्नेछ ।
उक्त सभाले अन्य इजाजतपत्रप्राप्त लघुवित्त संस्थासँग एकआपसमा गाभ्ने।गाभिने वा प्राप्ति गर्ने सम्बन्धित सम्पूर्ण आवश्यक कार्यहरु गर्नको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । साथै नेपाल राष्ट्र बैंकको स्वीकृति लिई डिजिटल बैकिङ्ग सम्बन्धि कार्यहरु गर्ने प्रबन्धपत्रको दफा ५ (त) थप गर्ने प्रस्ताव समेत सभाले पारित गर्नेछ ।
यसबाहेक गत आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको नाफा नोक्सान हिसाब, नगद प्रवाह, २०७८ को असार मसान्तसम्मको वासलात सम्बन्धि वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ ।
साथै आव २०७८।०७९ को लािग लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने, स्वतन्त्र संचालक नियुक्तिको अनुमादेन गर्ने र संचालक समितिमा सर्वसाधारण समूहतर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालक निर्वाचित गर्ने सभाको एजेण्डा रहेको छ ।
संस्थाले साधारण सभा प्रयोजनार्थ असार २३ गतेदेखि असार ३१ गतेसम्म बुकक्लोजको मिति तय गरेको छ । यसर्थ असार २२ गतेसम्म कायम शेयरधनीहरुमात्र उक्त सभामा उपस्थित हुन पाउनेछन् ।
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले यस आर्थिक वर्षमा मात्रै सर्वसाधारणहरुका लागि आइपीओ जारी गरेको थियो । कम्पनीले यसर्थ गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।














