पेट्रोलको २० र डिजेलको २८ रुपैयाँ मूल्य घटाउने सरकारको घोषणा, आजै राति १२ बजेदेखि लागू हुने

११ असार २०७९, शनिबार १२:४९

सरकारले पेट्रोलको २० र डिजेलको २८ रुपैयाँ मूल्य घटाउने घोषणा गरेको छ । शनिबार अयोजित आकस्मिक पत्रकार सम्मेलनमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले मूल्य घटाउने घोषणा गरेका हुन् ।

उनका अनुसार सरकारको निर्णयसँगै पेट्रोलको मूल्य १७९ रुपैयाँ कायम हुने भएको छ । हाल पेट्रोलको मूल्य १९९ रुपैयाँ रहेको छ । यस्तै डिजेलको मूल्य हाल १९२ रुपैयाँ रहेकामा अब २८ रुपैयाँ घटेर १६३ रुपैयाँ कायम गरिएको छ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।

नेपाल आयल निगममा भएको मासिक अर्बौ घोटाला र भारतीय आयल कर्पोरेशनसँग मिलेर नेपालका नेता र मन्त्रीहरुले समेत घुस सेटिङ गरेको तथ्यपूर्ण समाचार बीमापोष्टले लगातार प्रकाशित गर्दै आएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*