रिलायस्न्स स्पिनिङ मिल्सले बुक बिल्डिङमार्फत आइपीओ जारी गर्ने, असार २३ गते संस्थागत लगानीकर्तासँग छलफल गर्ने

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङबाट आइपीओ जारी गर्ने भएको छ । कम्पनीले बुकबिल्डिङबाट आइपीओ निष्काशन गर्न संस्थागत शेयरधनीहरुसँग छलफल गर्ने भएको छ ।
कम्पनीले प्रारम्भिक विवरणपत्रमा छलफल गर्न योग्य संस्थागत लगानीकर्ताहरुलाई असार २३ गते छलफलमा बोलाएको छ । कम्पनीले संस्थागत लगानीकर्तासँग ह्यात प्यालेस सोल्टीमोड, काठमाडौंमा दिउँसो ३ः१५ मा छलफल गर्नेगरी बैठक बस्न आह्वान गरेको हो ।
योग्य संस्थागत लगानीकर्ताहरुले खरिद गर्न चाहेको सेयर संख्या, आशय मूल्य र विवरणपत्रमा सुझावसमेत प्राप्त गर्ने उद्देश्यले छलफलका लागि बोलाइएको रिलायन्सले जानकारी गराएको छ ।
धितोपत्र बोर्डबाट स्वीकृत योग्य संस्थागत लगानीकर्ता छलफलमा सहभागी हुन सक्नेछन् । छलफलका लागि अवश्यक प्रारम्भिक विवरणपत्र र कम्पनीको ३ वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण रिलायन्स स्पिनिङ मिलको वेबसाइट र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइटबाट प्राप्त गर्न सकिने कम्पनीले जानकारी गराएको छ ।













