शेयरमूल्य बढेसँगै नागरिक लगानी कोषको शेयर धमाधम बेच्न थाले लगानीकर्ता, यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार

१३ असार २०७९, सोमबार १५:०८

काठमाडौं । आइतबार एकाएक हरियाली छाएको शेयरबजार फेरी पुरानै लयमा फर्किएको छ । लगानीकर्ताको १९ बुँदे माग पुरा गर्ने सम्बोधन भएसँगै आइबार पुँजीबजारमा ९६ अंकको बढोत्तरी भई हरियाली छाएको थियो ।

आज पुनः शेयरबजार २३ अंकले घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २२९ कम्पनीको ५६ लाख ४१ हजार ५४० कित्ता शेयर किनबेच हुँदा २ अर्बमाथिको कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक नागरिक लगानी कोषको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १५ करोडमाथिको शेयर खरिदबिक्री भएको हो । कम्पनीको शेयरमूल्य आज एकैदिन ११४ रुपैयाँका दरले बृद्धि भएसँगै लगानीकर्ताहरुले धमाधम शेयर बिक्री गरेका हुन् ।

त्यस्तै, हिमालयन डिस्टिलरीको ९ करोड १ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ७ करोड ९९ लाख, नबिल बैंकको ७ करोड १३ लाख र एशियन लाइफ इन्स्योरेन्सको ५ करोड ७८ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*