उतारचढावकाबीच २३ अंकले घट्यो नेप्से, जीवन बीमा समूह चम्किँदा २ अर्बमाथिको कारोबार

काठमाडौं । आइतबार एकाएक हरियाली छाएको शेयरबजार फेरी पुरानै लयमा फर्किएको छ । लगानीकर्ताको १९ बुँदे माग पुरा गर्ने सम्बोधन भएसँगै आइबार पुँजीबजारमा ९६ अंकको बढोत्तरी भई हरियाली छाएको थियो ।
लगानीकर्ताहरुमा अब शेयरबजार बढ्ने उत्साह देखिएको थियो । तर त्यस्तो उत्साह टिक्न सकेन । आज शेयरबजार २३ अंकले घटेर इन्डेक्स १९३३ विन्दुमा कायम हुन पुगेको छ । तर केही दिनयता कारोबारको तुलनामा भने अघिल्लो दिन र आज केही बढ्न पुगेको छ ।
आज पुनः शेयरबजार २३ अंकले घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २२९ कम्पनीको ५६ लाख ४१ हजार ५४० कित्ता शेयर किनबेच हुँदा २ अर्बमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज लगानी समूह र जीवन बीमा समूह बाहेकका सबै सूचक राताम्य रहेका छन् । अघिल्ला दिनहरुमा शेयरबजार घट्दा सर्वाधिक घट्ने जीवन बीमा सूचक आज शेयरबजारमा गिरावट आउँदा ११३ रुपैयाँका दरले बढ्न पुगेको छ ।
त्यस्तै, सर्वाधिक विकास बैंक सूचक ११७.५५ रुपैयाँले घट्न पुगेको छ भने निर्जिबन बीमा सूचकको ९७.८३ रुपैयाँले घटेको छ ।













