काठमाडौंका बालुवाटारमा आगोलागी, परिवार नियोजनका साधनहरु जले
१५ असार २०७९, बुधबार १०:४३

काठमाडौं । काठमाडौंको बालुवटारमा आज विहानै आगोलागी भएको छ । बालुवाटारमा रहेको परिवार नियोजन सम्बन्धी गैर सरकारी संस्था सुनौलो परिवार नेपालको गोदाममा आगोलागी भएको हो ।
आज बिहान ६ बजेदेखि भएको आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । सुनौलो परिवार नेपाल रहेको भवनमा बुधबार आगलागी भएको र सो स्टोरमा रहेको थुप्रै परिवार नियोजनका साधनहरु जलेर नष्ट भएको छ ।
आगोस्टोर बाटै सल्किएको प्रारम्भिक अनुमान छ । उक्त आगलागी नियन्त्रण गर्न काठमाडौं महानगरपालिका र प्रहरीका पाँच वटा दमकल प्रयोग गरिएको जनाइएको छ । आगोलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ । बीमा दावी पर्ने नपर्ने समेत खुलिसकेको छैन ।














