साङ्गे विद्युत कम्पनीले डाक्यो विशेष साधारण सभा, यस्ता छन् एजेण्डा
१५ असार २०७९, बुधबार ११:५३

काठमाडौं । साङ्गे विद्युुत कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार १४ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुुसार बिशेष साधारण सभा असार ३० गते कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडांैमा विहान ११ वजे हुनेछ ।
उक्त सभाले हाल सम्मको संशोधन सहितको एकिकृत प्रबन्धपत्र तथा नियमावलि स्वीकृत गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
साथै कम्पनीको प्रवन्धक तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र नियमक निकायहरुको निर्देशनमा प्रवन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा तथा नियमावलिमा परिमार्जन गर्ने लगायतका विशेष प्रस्ताव पारित गर्नेछ ।













