त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा नियमित गर्ने

१५ असार २०७९, बुधबार १४:०९

काठमाडौं । त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा नियमित गर्ने निर्णय गरेको छ। स्वास्थ्य बीमा बोर्डले बीमाको रकम सोधभर्ना पठाउने भन्दै बीमा बोर्डले पत्राचार गरेपछि अस्पतालले बीमा कार्यक्रमलाई नियमित संचालन गर्ने निर्णय गरेको हो ।

अस्पतालका सूचना अधिकारी राम विक्रम अधिकारीले एक विज्ञप्ती जारी गर्दै स्वास्थ्य बीमालाई निरन्तरता दिने निर्णय भएको जानकारी दिएका छन् । अस्पतालले यसअघि गत असार ३ गते एक विज्ञप्ती मार्फत असार १५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने घोषणा गरेको थियो । बोर्डले रकम भुक्तानी गर्नेभएसँगै उक्त निर्णय फिर्ता लिएको हो ।

स्वास्थ्य बीमा बोर्डले दावी वापतको रकम नदिएको भन्दै अस्पताल उक्त कार्यक्रम बन्द गर्ने मनसायमा पुगेको थियो । तर, स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा सम्बन्धी समस्यालाई यथाशीघ्र सम्बोधन गर्ने भन्दै असार १४ गते अस्पताललाई पत्राचार गरेपछि अस्पताल आफ्नो निर्णयबाट पछि हटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*