हाइड्रोपावर र इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो आज सर्वाधिक कारोबार
१५ असार २०७९, बुधबार १५:०८

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से परिसूचक आज ४१ अंकले बढ्न पुगेको छ ।
आज शेयरबजारमा ४३ लाख ८६ हजार ४३९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४३ करोड रुपैयाँ माथिको कारोबार भएको छ । शेयरबजार बढेसँगै कारोबारमा पनि केही सुधार देखिएको छ ।
सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक ङादी ग्रुप पावरको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५ करोड ४२ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।
त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सको ५ करोड २५ लाख, नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ७० लाख, अरुण भ्याली हाइड्रोपावरको ४ करोड ३६ लाख र हिमालयन डिस्टिलरीको ४ करोड ५५ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।














