नागरिक स्टक डिलरलाई थप सूचीकृत कम्पनीको कारोबार गर्न अनुमति

१५ असार २०७९, बुधबार १७:४०

काठमाडौं । नागरिक स्टक डिलर कम्पनी लिमिटेडले थप सूचीकृत कम्पनीहरुको कारोबार गर्न अनुमति पाएको छ । नेप्सेले सूचना प्रकाशित गर्दै सो कम्पनीलाई थप सूचीकृत कम्पनीहहरुको कारोबार गर्न स्वीकृति प्रदान गरिएको जनाएको हो ।

नागरिक स्टक डिलरले थप सूचीकृत कम्पनीहरुको कारोबार गर्न स्वीकृति माग गरेकोमा धितोत्रप व्यापारी (स्टक डिलर) कार्य संचालन सम्बन्धि कार्यविधि, २०७७ बमोजिम कम्पनी छनौट गरी कारोबार गर्न नेप्सेले स्वीकृत प्रदान गरेको हो ।

नागरिक स्टक डिलर कम्पनीमा नागरिक लगानी कोषको ५१ प्रतिशत, नेपाल टेलिकमको ९ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत शेयर स्वामित्व रहेको छ । कम्पनीमा सर्वसाधारणको लागि ३० प्रतिशत शेयर सुरक्षित गरिएको छ ।

नेप्सेले २०७७ सालको अन्त्यतिर धितोपत्र व्यापारी कार्यसंचालन सम्बन्धी कार्यविधि २०७७ अनुसार कम्पनीको सूची तयार पारेको जनाउँदै स्टक डिलरले शेयर खरिद गर्न पाउने सूूचि सार्वजनिक गरेको थियो । जसमा २६ वटा वाणिज्य बैंक, ७ वटा विकास बैंक, ४ वटा लघुवित्त, नेपाल टेलिकम र तारागाँउ रेजन्सी होटलको मात्रै सेयर कारोबार गर्न पाउने उल्लेख रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*