सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

१६ असार २०७९, बिहीबार ११:३५

काठमाण्डौं। । आज सुनचाँदीको भाउ सामान्य रुपमा घटेको छ । आज सुन तोलामा ३०० रुपैयाँले गिरावट आएको छ । यस्तै चाँदी पनि प्रतितोला ५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार भने सुनको भाउ सामान्य रुपले बढेको थियो । त्यस दिन सुन प्रतितोला १०० रुपैयाँले बढेर प्रतितोला ९७ हजार ८०० रुपैयाँ पुगेको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि आज दिन ओरालो लागेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार २३५ रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो कारोबार दिन, चाँदीको मूल्य वृद्धि भएको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*