बैंकहरुको सीडी रेसियो घट्दै, एकैदिन ९ अर्ब निक्षेप संकलन थपियो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन एकैदिन ९ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार असार १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन ४९ खर्ब ९७ अर्ब पुगेको छ ।
अघिल्लो दिन असार १३ गतेसम्म ४९ खर्ब ८८ अर्ब निक्षेप संकलन गरेको बैंक तथा वित्तीय संस्थाहरुको एकैदिनमा ९ अर्बले निक्षेप थपिएको हो । जसमा वाणिज्य बैंकहरुको मात्रै ४४ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।
बैंकहरुको निक्षेप बढेसँगै यता औसत निक्षेप–कर्जा अनुपात (सीडी रेसियो) पनि घट्न पुगेको छ । अघिल्लो दिन बुधबारसम्म ८९.२६ प्रतिशत रहेको सीडी रेसियो घटेर ८९.१४ प्रतिशतमा पुगेको छ ।
त्यस्तै, यस अवधिसम्म बैंकहरुको कुल ऋण प्रवाह ४७ खर्ब ७ अर्ब पुगेको छ । अघिल्लो दिनसम्म बैंकहरुको ऋण प्रवाह ४७ खर्ब ६ अर्ब रुपैयाँ मात्रै रहेको थियो ।














