आइपीओ निष्काशन गर्न बिपीडब्लु लघुवित्तद्धारा धितोपत्र बोर्डमा आवेदन
१६ असार २०७९, बिहीबार १३:५८

काठमाडौं । बिपीडब्लु लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । लघुवित्तले ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता शेयर निष्काशन गर्न बोर्डमा अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।
लघुवित्तको अधिकृत तथा जारी पुँजी ३ करोड रुपैयाँ रहेको छ । हाल लघुवित्तको चुक्ता पुँजी २ करोड ३ लाख रुपैयाँ रहेको छ ।सर्वसाधारणका लागि ९७ लाख रुपैयाँ रकम बराबरको ९७ हजार कित्ता शेयर निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी ३ करोड रुपैयाँ पुग्नेछ ।
लघुवित्तको बिक्रि प्रबन्धकमा मेगा क्यापिटल रहेको छ।













