शेयरबजारमा उछाल : नेप्से ७४ अंकले बढेर २ हजारको विन्दुमा उक्लियो, सबै उपसूचकमा हरियाली
१६ असार २०७९, बिहीबार १५:१६

काठमाडौं । पछिल्लो केही समययता घट्दै गइरहेको शेयरबजारमा दुइदिनयता सुधार देखिएको छ । आज शेयरबजारमा ७४ अंकको उछाल आएको छ । नेप्से परिसूचक ३.८२ प्रतिशतले बढेर २०३७ को विन्दुमा पुगेको छ ।
नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता किनबेच हुँदा २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९४ रुपैयाँको कारोबार भएको छ । शेयरबजार बढेसँगै कारोबार केही हदसम्म माथि उक्लिएको छ ।
आज नेप्सेमा रहेका १३ उपसूचक नै चम्किएका छन् । प्रतिशतका आधारमा सर्वाधिधक विकास बैंक सूचक बढ्न पुगेको छ भने रुपैयाँका आधारमा जीवन बीमा सूचकको २९६ रुपैयाँले बढ्न पुगेको छ ।













