नेप्सेले हटायो एओएन सम्बन्धि व्यवस्था, बजारलाई कस्तो असर पर्ला ?

१६ असार २०७९, बिहीबार १७:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अल अर नट (एओएन) सम्बन्धी व्यवस्था खारेज गरेको छ ।नेप्सेले आज एक सूचना प्रकाशित गर्दै धितोपत्र बोर्डको निर्देशनअनुसार धितोपत्र कारोबारको बिक्री तर्फ समेत एओएन सम्बन्धी व्यवस्था यहि असार १९ गतेदेखि लागू हुनेगरी हटाएको हो ।

शेयर खरिद बिक्री गर्दा एल अर नट भन्ने एउटा विकल्न हुन्छ । यसमा किन्न चाहेको मूल्यमा तोकिएको कित्ता शेयर पायो भने मात्र खरिद म्याच हुनु अन्यथा खरिद नहुनु विकल्प हो । आफूले चाहेको मूल्यमा चाहे जति कित्ता सेयर खरिद गर्न यो विकल्प ठीक थियो ।

अब आफूले चाहे जाती कित्ता हैन् अर्डर पोस्ट गरेपछि पाइएजती लिनु पर्ने हुन्छ । यसले गर्दा ठूलो खरिद चाप देखाएर मूल्य बढाउने चलखेल भइरहेको थियो । यो विकल्प हटेसँगै मूल्य बढ्ने र घट्ने प्रकिया पारदर्शी हुने छ । नेप्सेले आज एक र्सूचना जारी गदैयो विकल्प आजबाट हटाउन लागिएको जानकारी दिएकोह हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*