हिमालयन हाइड्रोपावरको आइपीओमा ६ लाख ६५ हजारको आवेदन

१६ असार २०७९, बिहीबार १९:११

काठमाडौं । हिमालयन हाइड्रोपावरको आइपीओमा ७६ करोड ९४ लाख ३३ हजार रुपैयाँको आवेदन परेको छ। आज बिहीबार साँझ ५ बजेसम्ममा ६ लाख ६५ हजार ८०२ जनाले ७६ लाख ९४ हजार ३३० कित्ताका लागि आवेदन दिएका छन् ।

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ४.२० गुणा बढी आवेदन हो । कम्पनीले बुधबार (असार १५ गते) बाट १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर निष्कासन गरेको हो । योमध्ये ५% अर्थात् ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी १८ लाख ३० हजार ४७२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा असार १९ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*