आदर्श लघुवित्तको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । यतिबेला सो कम्पनीको आइपीओ पाउने शेयरधनीहरुमा कम्पनीको आइपीओले पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज कति पाउला भनि कौतुहलताको विषय बनेको छ ।
कम्पनीले पहिलो कारोबारका लागि १२२ रुपैयाँ ८८ पैसादेखि अधिकतम ३६८ रुपैयाँ ६४ पैसासम्म पाउने देखिएको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि वास्तविक नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।
संस्थाको आर्थिक वर्ष २०७७।७८ को प्रतिसेयर नेटवर्थ एक सय २२ रूपैयाँ ८८ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा ३ सय ६८ रुपैयाँ ६४ पैसा हुन्छ ।
लघुवित्तले असार १ गतेदेखि असार ५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६७ लाख रूपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।
जसमध्ये जारी पूँजीको ०।५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ६२ हजार ६१५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
मागभन्दा बढी आवेदन परेपछि कम्पनीको आइपीओ गोलाप्रथाद्वारा वितरण गर्दा कुल ६ हजार २ सय ६१ जना लगानीकर्ताहरुले मात्रै सेयर प्राप्त गरेका छन् । जसमध्ये ५ जनाले ११ कित्ता र बाँकी लगानीकर्ताहरूले १० कित्ताका दरले सेयर प्राप्त गरेका हुन् । निष्कासन गरेको आईपीओको बाँडफाँड असार १३ गते, सोमबार सम्पन्न भएको थियो ।












