हिमालयन हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

१९ असार २०७९, आईतवार ०७:१६

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आइपीओ मा आवेदन दिने आज (असार १९ गते) अन्तिम दिन रहेको छ । असार १५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको कम्पनीको उक्त आइपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ ।

कम्पनीले सर्वसाधारणहरुका लागि १०० रुपैयाँ अंकित मूल्यका कुल १९ लाख ६८ हजार २५० कित्ता आइपीओ जारी गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेकोमा ९ लाख कित्तामध्ये अवितरित २ लाख ८१ हजार ७५० कित्ता मात्र बिक्री भएकाले ६ लाख १८ हजार २५० कित्ता सहित कुल १९ लाख ६८ हजार २५० कित्ता बिक्रीमा ल्याएको हो ।

कुल सेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ । बाँकी १८ लाख ३० हजार ४७२ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा सिडिएसको मेरो सेयर मोबाइल एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आईपीओमा आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*