हकप्रद निष्काशनको लागि बरुण हाइड्रोपावरले तोक्यो बुकक्लोजको मिति
१९ असार २०७९, आईतवार १०:५३

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनको लागि बुकक्लोजको मिति तय गरेको छ ।
कम्पनीले १ः१ अनुपातमा हकप्रद जारी गर्नको लागि साउन २ गते बुकक्लोजको मिति तय गरेको छ । यसअनुसार साउन १ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।
कम्पनीले चुक्तापुँजी २६ करोड ७९ लाख रुपैयाँको अंकित मूल्य १०० रुपैयाँ दरका २६ हजार ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।













