सिभिल बैंकद्धारा पोखराको लेकसाइडमा ९९औं एटीएम संचालन

१९ असार २०७९, आईतवार १२:०९

काठमाण्डौ । सिभिल बैंक लिमिटेडले पोखराको लेकसाइडमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ । उक्त एटीएमको उद्घाटन बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले गरेका हुन् ।

उद्घाटन समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरु अम्वीर बोगटी, भीमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल, बैंकका चिफ बिजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोलाबहादुर बिष्ट, गण्डकी प्रदेशका प्रमुख समीर केसीलगायतको उपस्थिति थियो ।

हालसम्म उक्त बैंकले ९२ अर्ब रुपैयाँ भन्दा वढी निक्षेप परिचालन गरी करिब ८८ अर्ब रपैयाँ कर्जा लगानी गरिसकेकोे सिभिल बैंकको योसहित एटीएम संख्या ९९ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*