श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सका संचालकहरुको कार्यकाल थप

१९ असार २०७९, आईतवार १२:३०

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको संचालक समितिको सदस्यहरुको कार्यकाल थप गरिएको छ ।

कम्पनीको २०७५ साल असार २२ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाबाट निर्वाचित भई क्रियाशिल रहेका विद्यमान संचालक समितिका सदस्यहरको कार्यकाल यहि असार २१ गते समाप्त हुने भएकोले कम्पनीले उनीहरुको कार्यकाल थप गरेको हो ।

कम्पनीको आगामी २८औं वार्षिक साधारणसभाबाट निर्वाचित भई आउने संचालक समितिलाई कार्यभार हस्तान्तरण गर्नेगरी हालकै संचालक समितिलाई निरन्तरता दिने कम्पनीको असार १७ गते बसेको संचालक समितिको बैठकले निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*