सिटिजन्स बैंकको थप ३ शाखा काठमाडौं उपत्यकामा
१९ असार २०७९, आईतवार १५:०९

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले थप ३ वटा शाखाहरु संचालनमा ल्याएको छ।
बैंकले काठमाडौंको ठूलो भर्याङ्ग, थली र बुढानिलकण्ठमा थप ३ वटा शाखाहरु संचालनमा ल्याएको हो । योसँगै सिटिजन्स बैंकको शाखा संख्या १७६ पुगेको छ ।
बैंकले उक्त शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको जनाएको छ ।













