५७ अंकले बढ्यो नेप्से, हाइड्रोपावर सूचक चम्किदा साढे २ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा हरियाली छाएको छ । शेयरबजारमा एकाएक सुधार देखिएसँगै लगानीकर्ताहरुमा उत्साह थपिएको छ । जसको प्रभाव आजको कारोबार रकममा देखिएको छ ।
पछिल्ला केही महिनायता १ अर्बको कारोबार हुने शेयरबजारमा आज बजार बढेसँगै कारोबार समेत साढे २ अर्बको हुन पुगेको छ ।
गत साताको अन्तिम दुईदिनयता देखि बढ्न थालेको शेयरबजार आज ५७.६१ अंकले बढेर २०८६ को विन्दुमा पुगेको छ ।
आज नेप्सेमा सूचीकृत २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९८ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा रहेका सबै सूचकमा आज हरियाली छाएको छ । सर्वाधिक आज प्रतिशतका आधारमा हाइड्रोपावर सूचक ५.६३ प्रतिशतले बृद्धि हुन पुगेको छ भने रुपैयाँका आधारमा उत्पादन तथा प्रशोधन समूहको २५० रुपैयाँले बढ्न पुगेको छ ।












