बजेटको अघिल्लो रात मन्त्रालयको सीसीटीभी फुटेज डिलिट, अर्थमन्त्रालयको यस्तो जवाफ

१९ असार २०७९, आईतवार १८:३३

काठमाडौं। अर्थ मन्त्रालयले मन्त्रालयमा जडान भएको सीसीटीभी फुटेज नरहेको जानकारी दिएको छ । उपभोक्त हित संरक्षण मञ्च नेपालका सचिव जयप्रसाद पौडेलले सूचनाको हक प्रयोग गरी मागेको प्रश्नको जवाफदिने क्रममा अर्थ मन्त्रालयले मन्त्रालयमा जडान भएको सीसीटीभी फुटेजको क्षमता र जडान भएको क्यामेराको आधारमा बढीमा १३ दिनसम्मको मात्र फुटेज अभिलेखमा रहने जनाएको छ ।
त्यसपछि पहिलेको अभिलेख क्रमशः मेटिने जाने मन्त्रालयको जवाफमा उल्लेख रहेको छ ।

पौडेलले अनधिकृत व्यक्ति बजेटभन्दा अघिल्लो रात मन्त्रालयमा प्रवेश गरेर करका दर हेरफेर गरेको सन्दर्भमा त्यस दिनको सीसीटीभी फुटेज माग गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*