हिमालयन हाइड्रोपावरको आइपीओमा १६ लाख बढीको आवेदन

१९ असार २०७९, आईतवार १८:५५

काठमाडौं । हिमालयन हाइड्रोपावरको आइपीओमा १ अर्ब ८४ करोड १९ लाख ९८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन (असार १९ गते) साँझ ५ बजेसम्ममा १६ लाख २६ हजार ३४० जनाले १ करोड ८४ लाख १९ हजार ९८० कित्ताका लागि आवेदन दिएका छन् ।

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १०.०६ गुणा बढी आवेदन हो । यद्दपि, अन्तिम तथ्यांक आउन बाँकी भएकाले सामान्य तलमाथि हुने सक्नेछ । यो आइपीओ भर्ने आज (असार १९ गते) अन्तिम दिन हो ।

कम्पनीले असार १५ गतेबाट १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यो मध्ये ५% अर्थात् ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १८ लाख ३० हजार ४७२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो । यो आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*