सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
२० असार २०७९, सोमबार ११:३६

काठमाडौं । सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ नै कायम गरिएको छ ।
अघिल्लो दिन पनि सोही मूल्यमा नै कारोबार भएको थियो । साथै सुनसँगै चाँदीको मूल्य पनि स्थिर रही प्रतितोला १२ सय रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।
।













