नबिल र नेपाल बंगलादेश बैंकले असार २७ देखि एकीकृत कारोबार गर्दै

२० असार २०७९, सोमबार १२:१७

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंक लिमिटेडले यहि असार २७ गतेदेखि एकिकृत कारोबार गर्ने संचालन गर्ने भएका छन् । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछि नबिल बैंकको नामबाट एकिकृत कारोबार हुने भएको हो ।

नेपाल राष्ट्र बैंकले यी दुवै बैंकको मर्जरलाई असार १५ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । त्यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयले दुई बैंकलाई एकिकृत कारोबारको लागि असार १७ गते स्वीकृति दिएको थियो ।

दुवै बैंकको असार १९ गते बसेको संचालक समितिको बैठकले असार २७ गतेदेखि एकिकृत कारोबार गर्ने निर्णय गरेको हो ।

नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई १००ः४३ को स्वापमा गाभ्न लागेको हो । जसअनुसार नेपाल बङ्गलादेश बैंकका शेयरधनीहरुले नेपाल बङ्गलादेश बैंकको १०० कित्ता बराबर नबिल बैंक लिमिटेडको ४३ कित्ता शेयर प्राप्त गर्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*