आँधिखोला लघुवित्तको संचालकमा बुद्धिसागर त्रिपाठी नियुक्त
२० असार २०७९, सोमबार १२:५५

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा बुद्धिसागर त्रिपाठी नियुक्त भएका छन् ।
कम्पनीको असार १८ गते बसेको संचालक समितिको बैठकले यसअघि सो पदमा रहेका संचालक श्याम बिक्रम खाँणको राजिनामा स्वीकृत पश्चात रिक्त रहेको संस्थापक समूहको संचालक सदस्य पदमा त्रिपाठीलाई नियुक्त गरेको हो ।
संस्थाको सो बैठकले त्रिपाठीलाई संस्थाको नियमावली बमोजिम संचालक पदमा आजकै मितिदेखि लागू हुनेगरी नियुक्त गरेको हो ।














