सोनापुर मिनरल्सले प्रिमियममा आइपीओ निष्काशन गर्ने, साउन १५ मा डाक्यो साधारण सभा
२० असार २०७९, सोमबार १३:५६

काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले प्रिमियममा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले सो प्रस्ताव पारित गर्नका लागि यहि साउन १५ गते कम्पनीको रजिष्टार्ड कार्यालय, घर नं. १२४ त्रिकुटी मार्ग, बत्तीसपुतली काठमाडौंमा चौधौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
यसबाहेक उक्त सभाले कम्पनीको जारी पुँजी वृद्धि गर्ने एजेण्डा समेत पारित गनेछ ।
साथै आईपीओ जारीका लागि नियमकारी निकायबाट थपघट, परिवर्तन वा शंसोधनको निर्देशन भएमा सोही बमोजिम संसोधनका लागि संचालक समितिलाई अख्तियारी दिइने छ ।
त्यस्तै, आर्थिक वर्ष २०७७।०७८को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता विवरणमाथि छलफल गरी पारित गर्नेछ ।













