शेयर बजारमा लगानीकर्ताको रुवाबासी भएको बेला सरकारले आनन्दले बसेको छ: ओली
२० असार २०७९, सोमबार १६:२६

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सेयर बजारमा लगानीकर्ताको रुवाबासी भएको बेला सरकारले आनन्दले बसेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले सरकारको गठबन्धन कसरी टिकाउने बाहेक कुनै संकल्प नरहेको आरोप लगाए ।













